काठमाडौं, ४ साउन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन निष्कासन गर्ने भएको हो ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराउदा इक्रा नेपालले आइआर बिबी रेटिङ (जोखिम मध्यम) समेत प्रदान गरेको छ । यस कम्पनीको आईपीओ निष्कासन बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्रधान कार्यालय पोखराको सिमलचौरमा रहेको यस कम्पनीले २० जिल्लामा लघुवित्त संचालन गर्दै आएको छ ।