Logo

१९ करोडको चेक सहित मिटरव्याजी पक्राउ



काठमाडौं, ४ साउन । १९ करोडको चेक सहित मिटरव्याजी पक्राउ परेका छन् । चेक सहित मिटरव्याजीको आरोपमा दोलखा घर भई हाल ललितपुर भैसेपाटी बस्दै आएका ३३ वर्षीय गणेश उप्रेतीलाई मित्रपार्क चावहिलबाट साउन १ गते प्रहरीले पक्राउ गरेको हो ।

उप्रेतीले बिभिन्न मितिमा व्यक्तिगत कामको लागि रकम दिने र चर्को मिटर ब्याज लगाई पटक–पटक गरि रकमको चेकहरु लिई सो बापतको रकम नदिएमा डर त्रास देखाई मार्छु भन्ने धाक धम्कि दिएको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० बराबरको चेक समेत बरामद गरेको छ । उनले अन्य ब्यक्तिहरुलाई समेत चर्को मिटर ब्याजमा रकम दिने गरेको बुझिन आएकोले थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्