Logo

माधव नेपालसँग कति सांसद



काठमाडौं, ४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा खुलेर २२ जना देखिए । उनीहरुमध्ये अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओलीबाट गुट परिवर्तन गरेर आएका ७ जना छन् ।

नेपालसँग यसअघि २३ सांसद साथमा थिए । उनीहरुमध्ये ८ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएनन् । मतदानमै भाग नलिएर तटस्थ भूमिका निभाएका थिए ।

नेपालका लागि खुलेर आएका २२ सांसद देखिएका छन् । तर, विगतमा उनको पक्षमा रहेका ८ जना समेत जोड्ने हो भने ३० सांसद पुग्छन् ।

माधव नेपाल पक्षमा लामो समय सँगै रहेका गोकर्ण बिष्ट र योगेश भट्टराई तटस्थ छन् । उनीहरु पनि नेपाल पक्षमा आएमा ३२ सांसद पुग्छ ।

माधव नेपालसँग सहकार्यमा रहेका एमाले वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्लीमा रहेकाले मतदानमा सहभागी भएनन् । उनले विश्वासको मतको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

बामदेव गौतम पनि नेपाल पक्षमा पुगेका छन् । उनले विश्वासको मतको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । गौतम आफै नेपाल पक्षमा सांसद संख्या थप्न सक्रिय भएका थिए । उनका कारण केही सांसदले गुट परिवर्तन गरेका थिए । गौतम पत्नी तुलसा थापा पनि सांसद हुन् । उनी जापानमा छिन् । खनाल र थापाको पनि संख्या थप्न माधव नेपाल पक्षमा ३४ सांसद रहेको देखिन्छ ।

तटस्थ रहेका सांसदबाहेक माधव नेपाल पक्षमा २४ सांसद छन् । तटस्थ बसेका उनीपक्षीय सांसद समेतको गणना गर्दा ३४ पुग्छ ।

माधव नेपाल पक्षीय सांसद संख्या
विश्वासको मत दिने २२
मतदान बहिष्कार गर्ने १०
विदेशमा रहेकाले अनुपस्थित २
माधव पक्षीय कुल सांसद ३४



प्रतिक्रिया दिनुहोस्

Screenshot