Logo

एमाले केन्द्रीय कमिटी बैठकमा को को पुगे



काठमाडौं, ४ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एक सयभन्दा केही बढी नेताहरु सहभागी भए । अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षीय नेताहरु बैठकमा सहभागी भए । तर, माधव नेपाल पक्षका नेताहरुले बैठक बहिष्कार गरे ।

बैठकमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु प्रसाद पौडेल, सचिवहरु प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ्ग, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङलगायत सहभागी भए । रामबहादुर थापा बादल पनि बैठकमा सहभागी थिए ।

बैठकमा सहभागी नेताहरु
केपी शर्मा ओली, ईश्वर पोखरेल, राम बहादुर थापा बिष्णु प्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ ,महेश बस्नेत, केशव बडाल, बिष्णु रिमाल,प्रदिप कुमार ज्ञवाली ,छबिलाल बिश्वकर्मा, मणि चन्द्र थापा, लेखराज भाट्ट,शेर बहादुर तामाङ ,किरण गुरुङ, टोप बहादुर रायमाझी, सत्यनारायण मण्डल , पृथ्वीसुब्बा गुरुङ , भानुभक्त ढकाल, शिव माया तुम्बाहाम्फे , कैलाश ढुङेल, शेरधन राई,दावा लामा,निरुदेवी पाल,लालबाबु पण्डित , शुसिला नेपाल, रामेश्वर फुयाललगायत ।



प्रतिक्रिया दिनुहोस्

Screenshot