Logo

जसपाको ठाकुर–महतो पक्षको कार्यकारिणी समिति बैठक जारी, नयाँ रणनीति बनाउने



काठमाडौं, ४ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षको केन्द्रयि कार्यकारिणी समिति बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बसेको एक नेताले जानकारी दिए । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएको जसपाको ठाकुर–महतो पक्ष हिजो प्रधानमन्त्री देउवाले विश्वासको मत लिने बेलामा देउवा पक्षमा उभिएको थियो ।

जसपाको ठाकुर पक्षको उक्त निर्णयलाई धेरैले आश्चर्यको रुपमा बुझेका छन् । संसदमा विश्वासको मत दिनुभन्दाअघि दलीय आधारमा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले आफूहरुले विश्वासको मत दिने निर्णय गरेको सुनाए । र, पार्टीले उठाउँदै आएका माग र मुद्दा सम्बोधन गर्नुपर्ने दोहोर्याए । उनले अहिलेको लडाईँ सत्ताकेन्द्रित रहेको पनि टिप्पणी गरेका थिए ।

आजको बैठकले अब कसरी अघि बढ्ने ? भन्ने विषयमा नयाँ रणनीति बनाउने एक नेताले जानकारी दिए । उनले भने,‘हिजो प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न बैठक बसेको हो । हामी नयाँ रणनीति लिन्छौं ।’ प्रधानमन्त्रीबाट हटेपछि जसपाको ठाकुर पक्षधर नेताहरु भने ओलीलाई भेट्न उनकै निवास बालकोटसम्म पुगेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot