Logo

एमाले स्थायी कमिटीका सदस्यहरु बालकोटमा छलफलमा



काठमाडौं, ४ साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा डाकिए । उनीहरु सिधै बालकोट पुगे ।

बालकोटमा स्थायी कमिटी सदस्यहरुसँग ओलीले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदमाथि कारबाहीबारे परामर्श गरेका छन् । ओलीले २२ सांसदले देउवालाई मत दिएर अक्षम्य अपराध गरेको भन्दै कारबाहीमा जानेबारे छलफल गरेका छन् ।

बैठकमा ओलीलाई स्थायी कमिटी सदस्यहरुले सुझाव पेश गेका छन् । उनीहरुमध्ये कतिपयले संयम भएर बढ्नुपर्ने सुझाव दिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot