Logo

हाम्रो पार्टीमा अब महन्थ–राजेन्द्रहरुको कुनै आवश्यकता छैन, मधेशी जनताले उनीहरुको साथ छोडिसके : महेन्द्रराय यादव



जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद महेन्द्रराय यादवले अब आफ्नो पार्टीमा महन्थ ठाकुर र राजेन्द्र महतोहरुको कुनै आवश्यकता नभएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यिनीहरुको चरित्र पनि मधेशी जनताले बुझिसकेका छन् । लोभीपापी खरिद बिक्री गर्ने यीनै पात्रहरु हुन । यिनीहरु मधेशको मुद्दा वा अरु कुनै मुद्दा होईन, खाली मुद्दालाई भ¥याङ बनाउने र सत्तामा जानेहरु हुन । यस्ता पात्रहरुको मुक्त जहिलेसम्म हुँदैन, तबसम्म यो देशको माग पुरा हुँदैन् ।’ प्रस्तुत छ नेता यादवसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँको पार्टी अब एक भएको हो ? फुटबाट बचेकै हो त ?

हाम्रो पार्टी फुटेकै थिएन । हाम्रो पार्टीभित्रका संसद् विघटन गराउने केही अपराधिक तत्वहरुलाई हामीले उनीहरुलाई स्पष्टिकरण सोधेका थियौँ अहिले हाम्रो पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगमा बहसको विषय बनेको छ । हाम्रो पार्टी फुटेको छैन, केही अपराधिक पात्रहरु आँफै गए । तिनीहरुलाई हामीले पार्टीबाट निकालिदिएका छौँ ।

हिजो तपाईहरु संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि एकै ठाउँमा उभिनुभयो, के अब तपाईँहरु मिल्ले संकेत हो ?

होईन उहाँहरु प्रतिपक्षमा बस्नुभयो । प्रतिपक्षमा बस्ने कर्तव्य हुन्छ । उहाँहरु गएर प्रधानमन्त्रीसंग हारगुहार गर्नुभयो कि हामीहरुलाई मन्त्रिमण्डलमामा लिनुहोस् हामी तपाईहरुलाई विश्वासको मत दिन्छौँ भन्नुभयो । हामीकहाँ सुन्नमा त्यही आएको छ । उहाँहरुले मत दिनुभयो त्यो मत पनि उहाँहरुले त्यो मत पनि कतिवेला दिनुभयो जतिवेला माधवकुमारका मान्छे यता लाग्नुभयो । त्यसपछि बाध्य भएर उहाँहरुपनि आउनुभयो । उहाँहरुकै कारणले संसद्को हत्यापनि भयो । अनि त्यही कुरालाई मेटाउनको लागि बाध्य भएर यता मत हाल्नुभयो । उहाँको प्रधानमन्त्रीसंग के कुरा भयो थाहा छैन ।

प्रधानमन्त्री देउवाले त उहाँहरुलाई पनि आफ्नो सरकारमा लैजाने भन्नुभएको छ अरे, अब तपाईँहरु के गर्नुहुन्छ ?

त्यो त छैन । उहाँहरुको आफ्नै हारगुहार थियो । हाम्रो पार्टीले सरकारमा जाने कुरा गरेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अस्ति हामी अदालतमा गयौँ । राष्ट्रपतिकहाँ गयौँ र अहिले हामीसंग २० जना सांसद् पुगेका छन् । उहाँहरुले हिजोको आफ्नो गल्ति सच्याउनको निम्ति हामीलाई भन्नुभएको छ । उहाँहरु देशलाई ध्वस्त गर्ने अनि आफ्नै पार्टीभित्र विद्रोह गर्ने । यी पात्रहरुलाई त कसरी जोगाउन सकिन्छ ? सबै जनालाई हामीले निकालिसकेका छौँ । पार्टीले उनीहरुलाई स्पष्टीकरण सोधेको छ । अहिलेसम्म उनीहरुले त्यसको जवाफ दिएको अवस्था छैन । उहाँहरुलाई त कारवाहीको प्रक्रिया अगाडि बढ्छ ।

त्यसोभए तपाईँहरु अब एक भएर मिलेर जान तयार हुनुहुन्न ?

अस्ति नै निर्वाचन आयोगले हामीलाई बोलाउदाखेरि हामीले के भन्यौँ भने–तपाईँहरुले यो प्रतिगमनलाई साथ दिनुभयो अब सच्चिने बेला छ । अग्रगमनलाई स्विकार गर्नुहुन्छ भने एउटा अर्को ३२ जना सांसद् जुन तपाँईले लेखेर दिनुभयो शेरबहादुर देउवालाई यो पाँच दलीय गठवन्धनको लेखेर स्वीकार्नु पर्यो । शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकालाई, अनि तेस्रो भनेको पार्टीको बहुमतले गरेका सबै निणयहरुलाई स्वीकार्नु पर्यो । हामीले त्यो भन्यौँ चौथो कुरा हामीले के भन्यौँ भने जुन जालसाझी र किर्ते काम गर्नुभयो, यी सबैको लागि नेपाली जनतासामु माफी माग्नुपर्छ । आत्माआलोचना गर्नुपर्छ । त्यसपछि एउटा वातावरण बन्नसक्छ । उहाँहरुले निर्वाचन आयोगलाई के भन्नुभयो भने अब हामी नीति, विधि र प्रक्रियाबाट अगाडि बढ्छौँ । निर्वाचन आयोगमा त्यसो भनेर सहमति गरेर पार्टीको आफ्नो आधिकारिकताको लागि अहिले यो प्रोसेसमा छ । निर्वाचन आयोगमा के फैसला हुन्छ, त्यसपछि हामी हेर्छौं । तर, उहाँहरुले आफुलाई सुधार गर्ने मौका गुमाउनुभयो । अहिले आएर जनताको जनमतलाई भत्काउने काम गर्नुभयो केपी ओलीभन्दा बढी अपराधी यिनै व्यक्तिहरु हुन । यिनीहरु नगई दिएको भए देशको अवस्था यस्तो हुने थिएन । संसद् विघटन गराउने भनेको यिनीहरु हुन । यसरी संसद्लाई हत्या गर्ने यी अपराधिहरु हुन । यसरी संसद्लाई हत्या गर्ने ? अहिले सर्वोच्चले संसद बचाईदिँदाखेरी मत दिनुभयो । आफ्नो गल्ति लुकाउनका लागि जति मतदान गरेपनि यिनीहरुको चरित्र पनि मधेशी जनताले बुझिसकेका छन् । लोभि पापी खरिद विग्री गर्ने यीनै पात्रहरु हुन । यिनीहरुले मधेशको मुद्दा वा अरु कुनै मुद्दा होईन, खाली मुद्दालाई भ¥याङ बनाउने र सत्तामा जानेहरु हुन । यस्ता पात्रहरुको मुक्त जहिलेसम्म हँुदैन, तबसम्म यो देशको माग पुरा हुदैन ।

निर्वाचन आयोगले तपाईँहरुलाई आधिकारिकता दिएन र महन्थ ठाकुर समूहलाई दियो भने के हुन्छ ?

निर्वाचन आयोगले त्यस्तो गर्दैन् । निर्वाचन आयोगले त विधानमा जे व्यवस्था छ, त्यही गर्ने हो । बहुमत जसको छ, पार्टी त्यसैको हुन्छ । यो संसद् बहाली भयो यसमा पनि १४६ जनाको हस्ताक्षर गरेको छ । त्यसैले त्यहाँ कानुनी व्यवस्था के छ भने हामीसंग बहुमत छ । ३२–३३ जना पुग्र्ने सम्भावना छ । हामीलाई त्यहाँ उपस्थिति गराईन्छ । त्यहाँ हामीले हस्ताक्षर गछौँ । र, हाम्रो जनता समाजवादी पार्टी, नेपाल उपेन्द्र यादवको नेतृत्वमा रहन्छ ।

तपाईँहरुसंगै महन्थ ठाकुर समूह पनि मिलेर सरकारमा जाने भन्यो भने के गर्नुहुन्छ ?

त्यो त सम्भावना छैन । उहाँले गल्ती स्वीकार गर्नुभयो पर्यो पनि पहिले । उहाँले किर्ते र जालसाँझी काम गर्नुभएको छ । उहाँहरुले जनता समाजवादीमा आउनुपर्छ भएन भने उहाँले आधिकारिकता पाईसकेपछि उहाँले भन्नुपर्यो नि त मैले किर्ते र जालसाँझी गर्यौं भनेर । यसरी पार्टी चल्छ ? किर्ते र जालसाँझी लिएर अदालतमा जाने हामीले त भनेकै दिनमा दिएको थियो नि त । सहमति गरौँ भनेर आठ बुँद सहमति गर्नुभयो । उहाँहरु त ८ गतेको बैठकमा आउँदै आउनुभएन । त्यसको बारेमा त पनि कुनै दिन हामी भनौँला ।

तपाईँहरुले बारम्बार महन्थ ठाकुर पक्षमाथि किर्ते र जालसाझी गरेको भन्नुभएको छ, उहाँहरुले के–के मा गर्नुभएको छ, बताउनुहोस न ?

पुष ५ गते संसद् विघटन भयो । हाम्रो पार्टीको पुष ७ गते बैठक बस्यो । त्यसमा निर्णय भयो कि यो प्रतिगमन हो । यो असंबैधानिक कदम हो । अलोकतान्त्रिक हो । संसद् पुनःस्थापनाको लागि संंघर्ष गरौँ भन्ने त्यो निर्णय हामीले गर्यौं । यसरी बैठक बसाल्नको लागि धेरै प्रयास ग¥यौँ । त्यो ७ गतेको पुसको बैठकबाट उहाँहरु अहिलेसम्म बैठक बस्नुभएको छैन । निर्वाचन आयोगले उहाँहरुलाई के दियो भने यसरी मलाई एकल अध्यक्ष म केन्द्रीस्य कमिटी अध्यक्ष बन्ने सम्पुर्ण अधिकारप्राप्त भएको व्यक्ति म हुँ, ती कुराहरु सबै लेखेर उहाँले माईन्युटमा राख्नुभयो । पछि प्रदेश नम्बर ५ मा जे घट्ना घट्यो, चार÷जना सांसद्लाई उहाँहरुले मन्त्री बनाउनुभयो । उहाँकै मिलेमतोमा मन्त्री बन्यो दुई घण्टा अगाडी अविश्वासको प्रस्ताव दर्ता गराउने दुई घण्टा पछाडि मन्त्री बनाउनुभयो । त्यतिबेला हामीले धेरै पटक बोलायौँ । उहाँ बैठकमा आउनुभएन ।
कानुनी व्यवस्था के छ भने तपाईले किर्ते काम नै गराउनु तर निर्वाचन आयोगलाई जानकारी भएन । त्यसपछि हामीले चार जनालाई साधारण सदस्यबाट खारेज ग¥यौं । त्योप्रति अगाडि निर्वाचन आयोगमा दियौँ । उहालेपनि माननीय उपेन्द्र यादवमाथि कारवाई गरेको एक दुई जनाको पठाउनुभयो । उहाँले के गर्नु पर्दथ्यो भने आफुले जालसाझी गरेको भनेर पनि निर्वाचन आयोगमा दिनुपर्ने । उहाँले जे होस निवेदन दिनुभयो । त्यसकारण त्यो किर्ते गरेको कामको कुनै महत्व हुँदैन् ।

तपाईँहरुसंग संसदीय दलमा बहुमत छ हो ?

हामीसंग संसदीय दलको पनि बहुमत छ । पार्टीमा पनि बहुमत छ ।

तपाईँहरुसंग कतिजना सांसद्हरु थिए त संसदमा ?

२० जना । उहाँहरुले छलछाम गर्नुभयो । हामीलाई लोभलालच देखाउनुभयो भनेर आउने सांसद् गरेर अहिले हामीसंग २० जना पुगेका छन ।

राजकिशोर यादव तपाईँहरुकै समुहमा आउनु भयो होईन ?

हो, उहाँ सत्ता पक्षमा बस्नुभयो । कसरी बस्नुभयो ? उहाँलाई के लाग्यो ? त्यो मलाई थाहा छैन ।

उहाँ शेरबहादुर देउवाकै पक्षमा उभिनुभयो, तपाईँहरुको बीचमा कुराकानी भएको थियो ?

छैन, अहिलेसम्म केही कुराकानी भएको छैन ।

अब तपाईहरु के गर्नुहुन्छ त ? तपाईको समुहमा आउनेहरुलाई ठाउँ दिनुहुन्छ कि हटाउनु हुन्छ ?

यहाँ दुई प्रकारको छ । मन्त्री बन्नेहरु जसले यो पार्टीलाई भत्काउने अनि लोकतन्त्रलाई समाप्त गर्नेको एउटा समूह छ, अब त्यहाँ केही साथीहरु छन । आफ्ना कमिकमजोरीलाई स्वीकारेर आउनु भएको छ । अहिले हामी जनता समाजवादी छौँ । हामीलाई यसरी भ्रममा पारियो भनेर आउनेलाई हामीले स्वीकाररेका छौँ । उहाँहरुलाई त हामीले सम्मान नै गरेका छौँ । अर्को जसले मन्त्री खाए, सर्वोच्चको फैसलाले उहाँहरुलाई निकालिदियो नि । मधेशका हरेक मुद्दाका कुरा गर्नेहरु कहाँ गयो ?

उसो भए अब महन्थ ठाकुर र राजेन्द्र महतोको आवआवश्यकता छैन भन्न खोज्नुभएको हो ?

छैन । अब कुनै आवश्यकता छैन । उहाँहरुलाई मधेशी जनताले त साथ छोडिसके । उहाँहरु मधेशी जनताले छोडिसकेको मान्छेलाई हामीहरुले डोराउँदैनौं । उनीहरुले फेरि किर्ते र जालसाँझी गर्छन् ।

तपाईँहरु सरकारमा जादै हुनुहुन्छ, कतिवटा मन्त्रालय भागमा परेको छ ?

अहिलेसम्म केही छैन । बसेर छलफल गर्छौं । अब हाम्रो जति उपस्थिति छ, त्यसैको आधारमा हामी सरकारमा जान्छौं ।

तपाईको पार्टीभित्र सरकारको नेतृत्व कसले गर्ने ?

यो विषयमा छलफल गर्छौं । छलफलपछि भनौँला ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot