Logo

उपत्यकामा आज ४७४ जना संक्रमित थप



काठमाडौँ, ४ साउन। आज देशभर २४ सय ४५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ७४ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा थपिएका संक्रमित मध्ये काठमाडौँका ३३०, ललितपुरका ५६ र भक्तपुरका ८८ रहेका छन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ९५ पुगेको छ ।

आज नेपालमा कोरोना भाइरसका २ हजार ४ सय ४५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ६८ हजार ७ सय ५१ पुगेको छ ।

मन्त्रालयको अनुसार २४ घन्टामा आज ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षणबाट २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot