Logo

बन्दरगाहबाट छुट्न थाल्यो केराउ



वीरगञ्ज, साउन ५। वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किएका केराउ बोकेका कन्टेनर छुट्न थालेका छन् । अमेरिका र क्यानडाबाट आयात भएर बन्दरगाहमा रोकिएका कन्टनेरहरू सोमबारदेखि जाँचपास हुन थालेका हुन् ।

यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सूचना देखाएर बन्दरगाह भन्सारले साउन १ देखि जाँचपास रोकेको थियो । वाणिज्यले भन्सार विभागलाई पत्र लेखेर असार ३१ गतेसम्म सिपमेन्ट भइसकेको कन्साइनमेन्ट भित्र्याउन दिन भनेपछि भन्सारले जाँचपास गरेको छ ।

भन्सार विभागले भन्सार कार्यालयहरूलाई सोमबार पत्र लेखेर असार मसान्तसम्म सिपमेन्ट भइसकेको केराउ, सुपारी, छोकडा र मरीचको कन्सान्मेन्टको जाँचपास गर्न निर्देशन दिएको हो । बन्दरगाहमा रोकिएका १ सय कन्टेनरमध्ये सोमबार २ कन्साइन्मेन्ट जाँचपास भएको भन्सारका सूचना अधिकृत चूडामणि शर्मा कट्टेलले जानकारी दिए ।

‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको यसअघिको सूचनाले अन्योल भएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्