Logo

एमालेको आजको बैठकले यी २२ सांसदमाथि कारबाही गर्ने



काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको छ ।

आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाहीको निर्णय लिने बुझिएको छ । उनीहरुलाई हिजोको बैठकले २४ घन्टे स्पष्टिकरण सोधेको थियो । प्रक्रिया मिलाएर उनीहरुमाथि कारबाही हुन लागेको हो ।

एमाले बैठकको कारबाहीमा पर्नेहरुमा वरिष्ठ नेता माधवकुमार नेपालका अलावा देउवालाई मतदान गर्ने विरोध खतिवडा, कृष्णलाल महर्जन, प्रेमबहादुर आले, धनबहादुर बुढा, जीवनराम श्रेष्ठ, हिरा केसी, मेटमणि चौधरी, भवानी खापुङ, गोपाल बम, मुकुन्द न्यौपाने, कलिला खातुन, रामकुमारी झाँक्री, विनादेवी बुढाथोकी, कृष्णकुमार श्रेष्ठ, समिना हुसेन, कल्याणी श्रेष्ठ, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण कायस्थ, निरा जैरु, अञ्जना विशंखे छन् ।

कारबाहीको सूचीमा रहेकामा यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्री बनाइएका प्रेमबहादुर आले र धनबहादुर बुढा पनि छन् । ओली गुटबाट ७ जनाले अन्तिम समयमा गुट परिवर्तन गरेका थिए ।

एमालेको माधव नेपाल पक्षका सांसदहरु झलनाथ खनाल र तुलसा थापा देश बाहिर छन् । उनीहरु मतदानमा सहभागी भएनन् ।

एमालेकै माधव नेपाल पक्षका ११ सांसद पनि मतदानमा अनुपस्थित भए । उनीहरुले नेपाल पक्ष छाडेको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot