काठमाडौं, ५ साउन । आजदेखि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले आजदेखि ५ सय रुपैयाँ प्रतिकित्ता तोकेर १ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले शेयर खरिदको लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरेर न्युनतम ५ हजार देखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरेको छ ।
शेयर बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको अनुसार शेयर बाँडफाँटमा पर्ने लगानीकर्ताहरुले साउन ५ गतेपछि वितरण गरिने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न सक्नेछन् ।