Logo

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आजसम्म बोलपत्र पेश गर्न सकिने



काठमाडौं, ५ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २९ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो । असार ३ गतेदेखि १० गतेसम्म विक्री खुला गरेकोमा वितरण हुन नसकेका ११ लाख ३५ हजार ५५८ कित्ता शेयर लिलामी मार्फत विक्रीमा ल्याएको हो ।

शेयर खरीदका न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुनाले तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको थियो । शेयर बिक्रि प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्