Logo

देउवा सरकारमा कस्ले कति मन्त्रालय पाउला



काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य सुरु गरेका छन् । उनले गठबन्धनमा रहेका दलका शिर्ष नेताहरुसँग मन्त्रिमण्डल विस्तारबारे छलफल बढाएका हुन् ।

प्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा ५ जना रहेका छन् । अब गठबन्धनका कुन दलले कति मन्त्रालय पाउने हो छिनोफानो हुन बाँकी छ ।

नेपाली काँग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अर्थमा जर्नादन शर्मा र ऊजामा पम्फ भुसाल मन्त्री बनेका छन् । दुवै दलबाट मन्त्रीहरु अझै थपिने भएको छ ।

नेकपा माओवादी केन्द्रले नेकपा एमालेको माधव नेपाल पक्षले जति मन्त्रालय मागेको छ । एमालेको नेपाल पक्षले ७ देखि ८ मन्त्रालय मागेको छ । माओवादीले पनि कम्तिमा ६ मन्त्रालय मागेको बुझिएको छ ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले ६ वटा मन्त्रालय मागेको छ । उसले ३ देखि ४ मन्त्रालय पाउने सम्भावना रहेको बुझिएको छ ।

माओवादी र एमालेको माधव नेपाल समूहले ७ ७ मन्त्रालय पाएमा जसपाको पनि माग बढ्न सक्छ । दुवै दलले ५५ मन्त्रालय पाउने, जसपाको उपेन्द्र यादव समूहले ३ मन्त्रालय पाउने हो भने पनि १३ मन्त्रालय पूरा भइसक्छ । तर, सबैको माग बढी देखिएको छ ।

अहिलेको गठबन्धन सरकारमा काँग्रेसबाट ७ देखि ९ मन्त्री रहने सम्भावना छ । देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत व्यवस्थापन गर्नुपर्ने चुनौती छ । यसकारण पनि काँग्रेसभित्र निकै अप्ठ्यारो परिस्थिति छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot