Logo

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ



झापा, ५ साउन । श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ३४ वर्षीया संगिता टुडुको हत्या गरी फरार रहेको अभियोगमा गौरादह नगरपालिका १ सितल चोक बस्ने मोरङ रंगेली नगरपालिका ९ सखुवाथान घर भएका ३९ वर्षीय सजिलाल रिख्यासन सोमबार बिहान पक्राउ परेका हुन् ।

सजिलालले संगितालाई गत असार ३१ गते बिहान सितल चोकस्थित खेत नजिकको टहरामा लगेर कुटपिट पछि हत्या गरेर फरार रहेकोमा ईलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको संयुक्त प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय रंगेली मोरङसँगको समन्वयमा मोरङ रंगेली नगरपालिका ९ सखुवाथानमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot