काठमाडौं, ५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पूर्वमन्त्री प्रभु साहको नेतृत्वमा आईटी आर्मी गठन गरेको छ। मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आईटी आर्मीको घोषणा गरेका हुन् ।
सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ। उक्त आइटी आर्मीको लक्ष्य भनेको श्रमजिवी तथा उत्पीडित जनताको मुक्ति तथा मुलुकमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृति र विकाससहित समाजवादी व्यवस्था निर्माणमा सहयोग गर्ने रहेको छ । file photo