Logo

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, २२ सांसदलाई स्पष्टीकरण सोधिएकोबारे कुनै निर्णय भएन



काठमाडौं, ५ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकले दश बुँदे सहमतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै, आजको बैठकमा प्रदेशमा पार्टीको संगठनात्मक अवस्थाबारे पनि ब्रिफिङ लिईएको उनले सुनाए । आसन्न निर्वाचनमा पार्टीको अवस्था के कस्तो रहन्छ भनेर पनि सुझाव आएको उनले सुनाए ।

राष्ट्रव्यापी रुपमा प्रशिक्षण अघि बढाईनुपर्नेलगायतका विषयमा पनि छलफल भएको ज्ञवालीले जनाए । सरकारले भूमि आयोग विघटन गर्न खोजिएको भन्ने विषय मिडियामा आएको पनि छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णयका सम्बन्धमा प्रक्रिया सुरु भएको पनि उनले जनाए । उनले २४ घण्टे स्पष्टीकरण पत्र अहिले ती सांसदहरुलाई नपुगेको पनि स्पष्ट पारे । उनले भने,‘पत्र पुगेपछिमात्रै २४ घण्टाको अल्टिमेटम सुरु हुन्छ ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्