काठमाडौं, ६ साउन । आफ्ना ग्राहकहरुलाई समयसापेक्ष सेवा सुविधाहरु दिदै आएको सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी ATM Machine बाट रकम झिक्दै आएकोमा अब सन्राइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै ए.टि.एम बाट रकम झिक्न सक्ने जनाएको छ ।
यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो Sunrise Smart + (मोबाइल बैंकिङ्ग) प्रयोग गरी Cardless Withdrawal Option मा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली submit गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा OTP code SMS मार्फत आउनेछ । सनराइज बैंकको ए.टि.एम.मा गई Cardless Withdrawal option रोजी SMS मा आएको OTP code को प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको OTP code भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जनाएको छ ।
बैंकको अनुसार नयाँ र अत्याधुनिक यस प्रबिधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग ए.टि.एम मार्फत सजिलै रकम झिक्न सकिने छ । सनराइज बैंकले यस अघि पनिMissed Call बाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा ए.टि.एम मार्फत लिन सक्नेछन् ।