Logo

बालुवाटारमा प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता



काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न विप्लव बालुवाटार पुगेका थिए । पछिल्लो समय विप्लवले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।

यसअघि उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिरहेका छन् ।

आज उनले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । पछिल्लो समय केपी ओली नेतृत्वको सरकारसँग पार्टीले गरेको तीन बुँदे सहमति कार्यान्वयनको लागि विप्लवले जोड दिएको बुझिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot