Logo

राष्ट्र बैंक लगायत यी बैंकहरुलाई ह्याकरको चेतावनीसहितको इमेल



काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकसहित केही बैंकहरुको सिस्टम ह्याक गर्ने चेतावनी आएको छ । विभिन्न १५ बैंकहरुलाई इमेल र फोनमार्फत सिस्टम ह्याक गर्ने चेतावनी आएसँगै बैंकिङ क्षेत्र त्रसित भएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकाल सहितका अधिकारीलाई इमेल पठाइएको हो ।

राष्ट्र बैंकले ह्याकरहरुले चेतावनी दिएपनि बैंकहरुको फायरवालहरु सुरक्षित भएको भन्दै नआत्तिन समेत आग्रह गरेको छ । साथै आफ्नो बैंकको सिस्टम चेक गर्न र सम्भावित जोखिम कम गर्नका लागि उपाय अपनाउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, बैंक अफ काठमाण्डु, सिटिजन्स, सानिमा, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, माछापुच्छ, एनएमबी र एनआईसी एसिया बैंकको नाम ह्याकरले पठाएको इमेलमा रहेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्