Logo

महेश बस्नेतले भने : कमरेड प्रभु साहसँगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन



काठमाडौं, ७ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफू र प्रभु साहबीच सुमधुर सम्बन्ध रहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकमले प्रभु साहको नेतृत्वमा आईटी आर्मी गठन गरिएकोमा बस्नेत फायर भनेर समाचार आएपछि बस्नेतले उक्त समाचारको खण्डन गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले आईटी आर्मी गठनमा आफ्नो असहमति नभएको जिकिर गरेका हुन् । बरु, उनले आफू र साहको सल्लाह अनुसार नै उक्त आइटी आर्मी गठन भएको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्- “मित्र किसान श्रेष्ठ संगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौरानिकखालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन् ? अनि क.प्रभु शाह संगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आइ टी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइ टी आर्मी,अनि साइबर सेना संगै मिलेर दुबै संगठनमा काम गर्छन। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पढ्दैछु।” file photo

Related News:  

एमालेमा ‘आईटी आर्मी’ गठन गरेपछि महेश बस्नेत ‘फायर’, ओलीलाई गराए ध्यानाकार्षण



प्रतिक्रिया दिनुहोस्