Logo

हाम्रा सामु ठुलठुला चुनौतिहरु पनि खडा भएका छन् : खनाल



काठमाडौं, ७ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरि सुदृढ र थप मजबुत बनाउदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढाउनुपर्नेमा जोड दिएका छन् । यसो गर्दा नै कमरेड पुष्पलाल प्रतिको सच्चा सम्मान पनि हुने खनालको भनाई छ । आज ४३औं पुष्पलाल स्मृति दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । खनाल यतिवेला उपचारार्थ नयाँ दिल्लीमा छन् ।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्-

आज २०७८ साउन ०७ गते, ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा म नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल प्रति उच्च सम्मानका साथ स्मरण गर्न चाहन्छु । साथै, कम्युनिष्ट आन्दोलनलाई यो उचाइमा ल्याईपुर्याउन जीवन आहुति गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । कुनै पनि समाज वा राष्ट्रले आफ्नो अस्तित्व र विकासको प्रक्रियामा नयाँ व्यक्तित्व र विभूतिहरुलाई जन्माउने गर्छ । उनीहरुको मार्गदर्शन र अगुवाईमा सिंगो समाज वा राष्ट्र प्रभावित हुने गर्छ र आफ्नो विकास क्रममा नयाँ दिशा, चरण र श्रृंखलाहरु प्राप्त गर्ने गर्छ । यही ऐतिहासिक प्राकृतिक विकास प्रक्रियाको रुपमा नेपाली कम्यूनिष्ट आन्दोलनका जन्मदाता, प्रणेता साथै संवाहक कमरेड पुष्पलाल हुनुहुन्छ । क. पुष्पलाल कै मार्गदर्शनबाट अघि बढेर आज हामीले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेका छौं, देशको संविधान निर्माण गरेका छौं । यी सबै नेपाली कम्युनिष्ट आन्दोलनले ७२ बर्ष पार गर्ने क्रममा हामिले प्राप्त गरेका असाधारण उपलव्धीहरु हुन् । यी उपलब्धीहरु सगँसगै हाम्रा सामु ठुलठुला चुनौतिहरु पनि खडा भएका छन् । यी चुनौतिहरुसँग जुध्न हाम्रो पार्टी नेकपा एमालेलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैन । साथै पार्टीलाई थप एकताबद्ध गरि सुदृढ र थप मजबुत बनाउदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुनै क. पुष्पलाल प्रतिको सच्चा सम्मान पनि हो । धन्यवाद !

०७ साउन, २०७८
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
वरिष्ठ नेता, नेकपा एमाले


प्रतिक्रिया दिनुहोस्

Screenshot