Logo

प्रधानमन्त्री देउवासँग अष्टेलियाली राजदूत भल्कको भेटवार्ता, गौरव अनुभूति भएको राजदूतको भनाई



काठमाडौं, ७ साउन । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलोसिटी भल्कले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । राजदूत भल्कले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेकी हुन् ।

भेटमा प्रधानमन्त्री देउवालाई राजदूतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी थिईन् । त्यस्तै, प्रधानमन्त्री देउवाले नेपालर्ला सहयोग गरेको भन्दै अष्ट्रेलिया सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

विशेषगरि कोरोना महामहारीविरुद्ध लड्नको लागि अष्ट्रेलिया सरकारले गरेको सहयोगबारे प्रधानमन्त्री देउवाले धन्यवाद ज्ञापन गरेका थिए । र, दुई देशबीचको सम्बन्धलाई उचाईमा पुर्याउन र थप मजबुद बनाउने पनि उनले विश्वास दिलाएका छन् ।

उता भेटवार्ताबारे राजदूत भल्कले प्रधानमन्त्री देउवालाई भेट्दा गौरव अनुभूति भएको उल्लेख गरेकी छिन् । उनले ट्विटरमा नेपालीमै लेखेकी छिन्-“सम्माननीय प्रधानमन्त्री @SherBDeuba  शेरबहादुर देउबाज्यूलाई भेट्दा गौरव अनुभुति भएको छ । नेपाल र अष्ट्रेलियाको मित्रता ६१ बर्ष देखि रहेको छ । प्रधानमन्त्री देउबाज्यू संग नेपाल सरकारको कोभिड-१९, बिकास र समावेशीताका बिषयहरुमा नजिकबाट सहकार्य गर्न हामी तत्पर रहेका छौं ।”



प्रतिक्रिया दिनुहोस्