Logo

स्थानीय तहका पूर्वनिर्धारित कार्यतालिका पर सारिने



काठमाडौं, साउन ८ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने भएको छ । क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गरिने भएको हो ।

पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिने जानकारी दिए । पार्टीले साउन १२ गतेबाट गाउँपालिका र नगरपालिकाको वडा स्तरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । यसका साथै नगरपालिका र गाउँपालिकाको अधिवेशन साउन १६ गते गर्ने निर्णय यसअघि गरिएको थियो ।

पार्टीका सहमहामन्त्री महतले क्रियाशील सदस्यताको विवरण गाउँ तहसम्म पु¥याउनुपर्ने, पार्टीको अधिवेशनका लागि प्रतिनिधि खटाउनुपर्ने लगायतका कारण पनि पूर्वनिर्धारित कार्यतालिकामा अधिवेशन गर्न सम्भव नदेखिएको बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot