काठमाडौं, ८ साउन । प्रभु बैंकले संस्थापक शेयर साउन १५ गतेदेखि लिलामी बिक्रि खुल्ला गर्नेे भएको छ । बैंकले न्युनतम मुल्य २१० रुपैयाँ तोकेर २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउन लागेको जनाएको छ ।
उक्त लिलामी शेयरमा तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी साउन २९ गतेसम्म बोलपत्र पेश गर्न सकिने व्यवस्था रहेको छ । शेयर खरिदको लागि न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सकिन्छ ।