Logo

राष्ट्रपति भेट्न एमाले अध्यक्ष ओली शितलनिवासमा



काठमाडौं, ८ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । उनहरुबीच अहिले भेटवार्ता जारी छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राष्ट्रपतिमाथि महाभियोग लगाउने दुस्प्रयास भैरहेको भन्दै त्यस्तो सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका थिए । उनले प्रधानमन्त्री देउवा र दाहालले राष्ट्रपतिमाथि महाभियोग लगाउनेबारे छलफल गरेको सूचना पाएको भन्दै बैठकमा त्यसबारेमा यस्तो टिप्पणी गरेका थिए ।

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot