Logo

भीम रावलले सांसदबाट दिएको राजीनामा फिर्ता लिए



काठमाडौं, ८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । आज प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । राजीनामा फिर्ता लिएपछि मिडियाकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले आफूले पार्टी र जनताको आग्रहलाई निर्देशन मानेर राजीनामा फिर्ता लिएको स्पष्ट पारेका हुन् ।

रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत निर्देशन दिएका थिए । वरिष्ठ नेता माधव कुमार नेपालले त घरमै पुगेर रावललाई राजीनामा फिर्ता लिन भनेका थिए । रावलको राजीनामा फिर्ताको लागि सुदुरपश्चिम प्रदेशबाट मन्त्रीसहित जम्बो टोली काठमाडौं आएको थियो ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot