Logo

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ



भक्तपुर, ८ साउन । दुई बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा ५४ वर्षीय पुरुष पक्राउ परेका छन् । ९ र १२ वर्षीया बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका ९ बोडे टिकनी बस्ने ५४ वर्षीय पूर्ण राजबागलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका ९ स्थित निलबाराही जंगलमा मादक पदार्थ सेवन गरी पूर्णले ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot