काठमाडौं, ८ साउन । तास खेलिरहेको अवस्थामा ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित चन्द्रागिरी नगरपालिका ८ बस्ने ५० वर्षीय रविन बिडारीको ल फर्मभित्र तास खेलिरहेको अवस्थामा बिडारी लगायत ७ जना पक्राउ परेका हुन् ।
जुवातास खेलिरहेका खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय रूपैयाँ, १ थान तास खेल्न प्रयोग हुने उपकरण र ६ बुक तास सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।