Logo

कोरोनासँगै भ्रष्टाचार पनि नियन्त्रण गर्न प्रधानमन्त्री देउवालाई सिंहको सुझाव (भिडिओसहित)



काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले विधिको शासन, संविधान र कानूनअनुसार जनताको मन जित्नेगरि काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा दलको तर्फबाट प्रधानमन्त्री देउवालाई बधाई दिँदै नेता सिंहले यस्तो बताएका हुन् । उनले कोरोना संक्रमण नियन्त्रणसँगै भ्रष्टाचार पनि नियन्त्रण गर्न प्रधानमन्त्री देउवालाई विशेष ध्यान दिन सुझाव दिएका छन् ।

त्यस्तै, संघीयता कार्यान्वयनको लागि पनि सरकारले विशेष पहल गर्नुपर्ने पनि उनको भनाई छ । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर भनेको कुरा स्मरण गर्दै अहिले देउवा पूनः प्रधानमन्त्री भएको सुनाएका थिए । उनले मुलुकमा जब जब संकट आएको छ, ती सबै संकट कांग्रेसकै नेतृत्वमा समाधान भएकोले अब पनि सरकारले सुझबुझका साथ आफ्नो काम गर्नुपर्नेमा जोड दिए । उनले सन्तुलित विदेश नीति पनि सरकारले अख्तियार गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्