Logo

लामो दूरीको सवारीसाधन सञ्चालन गर्न प्रशासनको अनुमति (सूचनासहित)



काठमाडौं, ८ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अबदेखि लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। आज (शुक्रबार) काठमाडौं जिल्ला प्रशासनका प्रशासकीय अधिकृत लक्ष्मी कुमारी शाहीले एक सूचना जारी गर्दै यस्तो अनुमति दिएको हो ।

सूचनामा भनिएको छ,‘नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८।०४। ०४ को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागमा हुने परीक्षार्थी तथा सर्वसाधारणहरुको आवातजावातलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले नेपाल सरकारले तोकेको जनस्वास्थयका मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्