Logo

प्रधानमन्त्री देउवाले भने : जति महँगो भएपनि किनेर जनतालाई खोप उपलब्ध गराउँछौं (भिडिओसहित)



काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले खोप ल्याउनको लागि सरकारसामू चूनौति भएपनि त्यसलाई पार गर्ने बताए । आज (शुक्रबार) प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी ऋण वा सापटी लिएर जहाँ–जहाँबाट पाइन्छ खोप जनतालाई उपलब्ध गराउँछौं । जति महंगो भए पनि किनेर खोप ल्याउँछौं ।’

उनले आफूलाई धेरै दलको समर्थन रहेकोले अनुभवी राजनीतिज्ञहरुको सहयोग कारण सफल हुने पनि विश्वास दिलाए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवको नाम लिएर उनले समर्थन पाएकोमा धन्यवाद समेत भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot