Logo

सबैको संयुक्त आवाजले प्रतिगमनले घुँडा टेक्यो : चित्रबहादुर केसी



काठमाडौं, ८ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले वरिष्ठ नेता माधव कुमार नेपालको भूमिकाको प्रशंसा गरेका छन् । आज (शुक्रबार) पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले माधव नेपाल पक्षले संघर्ष गर्दा संविधान जोगिएको बताए । केसीले भने,‘एमालेभित्रका साथीहरुले संघर्षको झण्डा उठाउनु भयो, संविधान जोगाउनु भयो, सबैको संयुक्त आवाजले प्रतिगमनले घुँडा टेक्यो ।’ उनले कम्युनिष्ट पार्टीमा सांस्कृतिक रुपमान्तरणको आवश्यकत्ता पनि औंल्याए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्