Logo

विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड ४४ लाख, ४१ लाखको मृत्यु



एजेन्सी, १० साउन । विश्व अहिले कोरोना भाइरसको चपेटामा गुज्रिरहेको छ । दैनिक हजारौ संक्रमित भएका छन् भने ८ हजार बढीको दैनिक मृत्यु हुने गरेको छ ।

विश्वभर हाल ८३ हजार ८८५ जना कोरोना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको छ । वल्डोमिटरको अनुसार अहिलेसम्म १९ करोड ४४ लाख २५ हजार ४८१ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १७ करोड ६४ लाख ८९ हजार २७३ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै, बिश्वभर ४१ लाख ६८ हजार ७१४ जना संक्रमितको मृत्यु भईसकेको छ । यसैगरी १ करोड ३७ लाख ६७ हजार ४९७ जना संक्रिय संक्रमितको संख्या रहेको छ ।

हिजो नेपालमा कोरोना भाइरसका ३ हजार १ सय १४ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार २ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४१ हजार ५ सय ६५ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्