Logo

यातायात व्यवसायीले सरकारलाई बुझाए चाबी (फोटोफिचर)



काठमाडौं, १० साउन । विभिन्न ७ बुँदे माग राखी यातायात व्यवसायीले आज सरकालाई चाबी बुझाएका छन् । यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई चाबी बुझाएका हुन् ।

महासंघले  कोराना महामारी प्रभावले झन्डै चार लाख यातायात व्यवसायी, त्यसमा आश्रित नौ लाख स्वरोजगार व्यवसायी तथा मजदुर एवं पर्यटन यातायात क्षेत्रमा पर्न गएको प्रभावबारे महासंघले विभिन्न निकायमा मागपत्र बुझाए पनि कुनै निकबायबाट सम्बोधन नहुँदा चाबी बुझाउनुपरेको जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्