काठमाडौं, १० साउन । वर्तमान सरकारलाई प्रभावकारी र सफल बनाउन गठित कार्यदलको बैठक आज नबस्ने भएको छ । यसअघि कार्यदलको बैठक आजै बस्ने भनिएको छ । तर, कार्यदलमा आवद्ध जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरु पार्टीको आन्तरिक छलफलमा व्यस्त भएकोले बैठक आज नबस्ने भएको हो ।
कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, नेताहरु रमेश लेखक र डा. मिनेन्द्र रिजाल छन् । उता, माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरुङ सहभागी छन् भने जनता समाजवादी पार्टी, नेपाल यादव पक्षको तर्फबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव छन् ।
कार्यदलले वर्तमान सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल थालिएको छ । उक्त कार्यदलको बैठक गत शुक्रबार नै बसेको जनाईएको छ । आजको बैठक भने जसपाका नेताहरु श्रेष्ठ र यादवको व्यस्तताका कारण स्थगित् भएको जनाईएको छ । File Photo/ReportersNepal