Logo

टोकियो ओलम्पिकको दोस्रो दिन अप्रत्याशित नतिजाहरु



काठमाडौं, १० साउन । टोकियो ओलम्पिकको दोस्रो दिन १८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको छ । आजको दिन धेरैवटा अप्रत्याशित नतिजाहरु आएका छन् ।

टेनिसकी विश्व नम्बर १ अष्ट्रलियाली खेलाडी आसलेग बार्टी पहिलो खेलमा पराजित भएकी छिन् । उनी स्पेनिस खेलाडीसँग पराजित भएपछि एकलतर्फको पदक जित्ने सपना चकनाचुर भएको छ ।

ट्युनिसियाका १८ वर्षीय पौडीवाज कालिस हाफनोलले स्वर्ण पदक जितेर विश्वको ध्यान खिचेका छन् । उनले प्रतियोगितामा स्वर्णका दाबेदारहरुलाई पछि पारेर जित हात पारेका हुन् । ४०० मिटर फ्रिस्टाइलमा स्वर्णका दाबेदारहरुलाई अन्तिमतिर उछिनेका हुन् ।

अष्ट्रियाकी अन्ना किसनहोफर ले साइक्लिङमा स्वर्ण जितेर आश्चर्यचकित पारेकी छिन् । आफूलाई ४० किलोमिटरसम्म पछि पारिरहेका दुई प्रतिष्पर्धीलाई उनले अन्तिम समयमा उछिनेर स्वर्ण जितेकी हुन् ।

इरानकी शरणार्थी किमिया अलिजादेले तेक्वान्दोको ५७ केजी तौल समूहमा दुई पटककी ओलम्पिक स्वर्ण विजेता बेलायतकी जाडे जोन्सलाई पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएकी छिन् ।
अष्ट्रेलियाको महिला टोलीले ४x१०० मिटर फ्रिस्टाइल रिलेमा विश्व किर्तिमान बनाउँदै स्वर्ण जितेको छ ।



प्रतिक्रिया दिनुहोस्