Logo

आज २२३७ संक्रमित थप, १८ जनाको मृत्यु



काठमाडौं, १० साउन । आज नेपालमा कोरोना भाइरसका २ हजार २ सय ३७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४३ हजार ६ सय १५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज २४ घन्टामा १३ हजार ८ सय ३४ जनाको परीक्षणमा १५ सय ३९ जना पिसीआर र ६ सय ९८ जना एन्टिजेन बिधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot