
काठमाडौं, १० साउन । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सिंहदरबारमा पद तथा गोपनियताको सपथ लिएलगत्तै मन्त्री श्रेष्ठले रामशाहपथस्थित् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता खोपको व्यवस्थापन गर्नु भएकोले सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम