Logo

नेप्सेमा आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत



काठमाडौं, ११ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेको अनुसार इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयरवापत ७ लाख ५७ हजार पाँच सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीको बैशाख १२ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

कम्पनीले हाल चुक्तापुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजारको आधारमा ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot