Logo

निर्वाचन आयोगले ‘हेड काउन्ट’ गर्ने भएपछि जसपाका कार्यकारिणी सदस्यहरु आयोगको कार्यालय पुगे (फोटोफिचर)



काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताको लागि निर्वाचन आयोगले निर्णय गर्दैछ । यसको लागि आयोगले आज (सोमबार) महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षलाई आयोगमा बोलाएको छ । अहिले आयोगको कार्यालयमा दुवै पक्षका कार्यकारिणी सदस्यहरु पुगिसकेका छन् ।

जसपामा यादव पक्षको कार्यकारिणी समिति र संसदीय दल दुवैमा बहुमत रहेको छ । आयोगले आज हेड काउन्ट गर्ने भनेपछि यादव पक्षका कार्यकारिणी समिति सदस्यहरु हिजोदेखि नै गोदावारी रिसोर्टमा जम्मा भएर बसेका थिए । दुवै पक्षका कार्यकारिणी सदस्यहरुको सनाखतपछि जसपाको आधिकाकिता टुँगो लगाउने आयोगको तयारी छ ।

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot