Logo

ज्योति विकास बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट



काठमाडौं, ११ साउन । ज्योति विकास बैंकले असार २० गतेदेखि बिक्रिमा ल्याएको  १० वर्षे अवधिको १५ लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले १ हजार अंकित दरका उक्त ऋणपत्र वार्षिक ९ प्रतिशत ब्याजदरमा बिक्रि खुल्ला गरेको हो ।

बैंकले उक्त ऋणपत्रलाई ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामबाट बिक्रि खुल्ला गरेको हो । बैंकले कुल कित्तामध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट गरेको थियो । बैंकको अनुसार बाँकी भएको ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानी कोषको लागि र ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत बिक्रि गरेकोे हो ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ र बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ब्त्ः वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot