Logo

एनआईसी बैंकको मोबाइल एपबाट नै आइपीओमा आवेदन दिन सकिने सुविधा थप



काठमाडौं, ११ साउन । एनआईसी एशिया बैंकले वेबसाइट र मोबाइल बैंकिङ्गबाटै आइपीओमा आवेदन दिन सकिने सेवा थप गरेको छ । बैंकले ग्राहकहरुलाई लाइन बसी आइपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एप मार्फत आइपीओमा आवेदन दिन सकिने सेवाको सुरुवात गरेको जनाएको छ ।

बैंकको अनुसार अब ग्राहकले एनआईसी एशियामा डिम्याट खाता खोलेका, बैंकमा बचत खाता रहेका तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले बैंकको मोबाइल एप मार्फत शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्ने छन् ।

महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आइपीओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी मोबाइल एपबाट नै आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको बैंकले जनाएको छ ।

ग्राहकले एप भित्र रहेको एप्लाई शेयर आइकनमा ट्याप गरेर आवेदन दिन सक्ने छन् । एप्लाई शेयर आइकनमा ट्याप गर्दा त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिन बैंकले आग्रह गरेको छ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर समिट गरेपछि आवेदन पूरा हुने बैंकले बताएको छ ।

बैंकले आफ्नो वेबसाइटमा रहेको एप्लाई शेयर आइकनमा क्लिक गरेर पनि आइपिओमा आवेदन दिन सकिने जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्