Logo

सनराइज बैंकको थप दुई बैंकिङ्ग र एटिएम सेवा विस्तार



काठमाडौं, ११ साउन । सनराइज बैंकले थप दुई शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बारा जिल्लाको बारागढी गाउँपालिकामा शाखारहित बैंकिङ्ग र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा एटिएम सेवाको सुरुवात गरेको हो ।

बैंकको अनुसार एटिएम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत एटिएम सेवा अन्तर्गत एटिएम कार्ड र बिना एटिएम कार्ड मार्फत कारोबार गर्न सकिन्छ ।

बैंकले हालसम्म १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot