काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य समेत रहेका सांसद रेशम चौधरी आज डिल्लीबजारस्थित कारागारबाट निकालिए । प्रहरी सुरक्षा घेरामा उनी आज निर्वाचन आयोगमा जसपा विवादको छिनोफानोका लागि हेड काउन्टमा लगिंदा सर्वाधिक चासोमा परे ।
हरियो कुर्ता, नेपाली टोपी र चश्मामा पुगेका चौधरीले अध्यक्षहरु महन्थ ठाकुर या उपेन्द्र यादवमध्ये कस्को पक्षमा लाग्ने हुन् ? चासो बनेको छ । उनलाई पत्रकारले कुन पक्षमा हो भनी सोधे । जसपा नेता हिसिला यमीले भीडमाझबाट तपाईंको नेता को ? भनी सोधिन् । चौधरी भने अगाडि बढे ।
टीकापुरमा प्रहरीका एसएसपीसहित ८ जना मारिएको घटनामा अदालतले दोषी ठहर गरी जेल सजाय भोगिरहेका चौधरीका मत निणौयक भने होइन । तर, उनले कस्लाई समर्थन गर्छन् त्यसले ठूलो अर्थ राख्नेछ ।