Logo

महन्थको साथ हुँदा राजकिशोरको गेरु वस्त्र, उपेन्द्रको साथ पुग्दा हरियोवस्त्र



काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका रुपमा सपथ लिंदा गेरु वस्त्रमा पुगेका थिए । महन्थ ठाकुर पक्षबाट मन्त्री बनाइँदा उनले गेरु वस्त्र लगाउँदा धेरैको चासो बन्यो । ठाकुर स्वयं सार्वजनिक रुपमा गेरु वस्त्रमा देखिन्छन् ।

ठाकुरको अनुशरण गर्दै राजकिशोरले गेरु वस्त्र लगाएको सन्देश दिए । तर, अहिले राजकिशोरले गुट परिवर्तन गरेका छन् । उनी उपेन्द्र यादव समूहमा लागेका छन् ।

आज जसपा विवादको टुंगो लगाउन निर्वाचन आयोगले हेड काउन्ट गरेको छ । हेड काउन्टका लागि आयोग पुगेका राजकिशोर हरियो वस्त्रमा देखापरे ।

निर्वाचन आयोगमा पुगेका महन्थ ठाकुर भने गेरु वस्त्रमै देखिएका छन् । उनी सदा झै गेरु वस्त्रमा देखिएपनि साथ छाडेका राजकिशोर भने फरक रङ्गमा देखापरे । महन्थ ठाकुर समूहमा राजकिशोरले रङ्ग फेरेको चर्चा चलेको छ ।



प्रतिक्रिया दिनुहोस्