Logo

महन्थलाई ‘भीष्मपिता’ भन्दै रेशम चौधरी तटस्थ बसे



काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा कार्यकारिणी समितिका सदस्य समेत रहेका सांसद रेशम चौधरी तटस्थ बसेका छन् । कार्यकारिणी समिति सदस्यको सनाखतका लागि आज डिल्लीबजारस्थित कारागारबाट प्रहरीको कडा सुरक्षाबीच निर्वाचन आयोग पुगेका चौधरीले तटस्थ रहेको स्पष्ट पारेका हुन् ।

चौधरीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपिता भने । उनले ठाकुरप्रति उच्च सम्मान रहेको बताए । उनले भने,‘महन्थ ठाकुरप्रति भीष्मपिताको दर्जा लिइदिनहुन अनुरोध गर्दछु ।’ अर्का अध्यक्ष उपेन्द्र यादवप्रति पनि उच्च सम्मान रहेको बताएर तटस्थ भूमिकामा रहेको बताए ।

निर्वाचन आयोगको सनाखतपछि पत्रकारसामु बोल्दै रेशम चौधरी भावुक बनेका थिए । उनले भने,‘मेरो पक्ष पनि जसपा हो विपक्ष पनि जसपा हो ।’

हरियो कुर्ता, नेपाली टोपी र चश्मामा पुगेका चौधरीले अध्यक्षहरु महन्थ ठाकुर या उपेन्द्र यादवमध्ये कस्को पक्षमा लाग्ने हुन् ? चासो थियो । उनलाई पत्रकारले कुन पक्षमा हो भनी सोधेका िथए । उनले आयोगका पदाधिकारीसमक्ष तटस्थ रहेको जवाफ दिएका थिए ।

टीकापुरमा प्रहरीका एसएसपीसहित ८ जना मारिएको घटनामा अदालतले दोषी ठहर गरी जेल सजाय भोगिरहेका चौधरीको मुद्दा फिर्ताका लागि महन्थ ठाकुरले बढी जोडबल गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot