Logo

शेयर बजारमा ८ अंकको गिरावट, कारोबार रकम भने उच्च



काठमाडौं, ११ साउन । शेयर बजार आज ओरालो भएको छ । साताको कारोबारको दोस्रो दिन आज नेप्से ८ दशमलव २४ अंकले घटेर ३ हजार ५० दशमलव ४२ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ९३ अंकले घटेर ५७१ दशमलव १० विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार आज २२३ कम्पनीका १ लाख ३७ हजार २४२ पटक कारोबार भएर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँ बराबरको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot