काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले उपेन्द्र यादवलाई विगतमा ठूलो संकटबाट बचाएको नबिर्सन भने । तत्कालीन समाजवादी पार्टी नेपाल विभाजन हुन लाग्दा आफूहरुले बचाएको स्मरण गराउँदै अहिले अहंकार नदेखाउन चेतावनी दिए ।
जसपा विवादको टुंगो लगाउन निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाउँदा पुगेका महतोले भने,‘हामीले उपेन्द्र यादवजीलाई रेस्क्यु गरेका हौं, अहिले चुरिफुरि नगरे हुन्छ ।’
महतोले केही साथीहरु प्राविधिक कारणले उपेन्द्र यादव पक्षमा गएको समेत बताए । महन्थ ठाकुर पक्षका नेता महतोले गुट परिवर्तनलाई प्राविधिक भने । अहिले जे अवस्था आएपनि परिस्थिति बदलिनेमा ढुक्क रहेको बताए ।