Logo

नेपालमा क्रिकेट खेल्न अफ्रिदी उत्साहित



काठमाडौं, साउन १२ । विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका छन् । उनको यो निर्णयले नेपाली क्रिकेटप्रेमी उत्साहित भएका छन् ।

चौथो संस्करणको ईपीएल आगामी ९ असोजदेखि २३ असोजसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने तालिका छ । काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम सार्वजनिक गरेको छ ।

अफ्रिदीले भिडियो कन्फ्रेन्समार्फत काठमाडौंमा क्रिकेट खेल्न पाउँदा आफू उत्साहित भएको बताएका छन् । उनले नेपालको क्रिकेटको विषयमा धेरै जानकारी नभए पनि युवा नेपाली खेलाडीसँग डे«सिङ रुम सेयर गर्न पाउँदा उत्साहित भएको बताए ।

४१ वर्षीय अफ्रिदी विश्व क्रिकेटकै उत्कृष्ट अलराउन्डर मानिन्छन् । उनलाई ‘बुमबुम’ अफ्रिदी पनि भन्ने गरिन्छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्