Logo

काँग्रेस बैठकमा महाधिवेशनबारे के होला ?



काठमाडौं, १२ साउन । नेपाली काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निजी निवासमा बैठक सुरु भएको हो ।

आजको बैठकले पार्टी महाधिवेशनबारे छलफल गर्ने बुझिएको छ । १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित भएपछि नयाँ कार्यतालिका टुंगो लगाउनेबारे पनि छलफल केन्द्रित हुने बुझिएको छ ।

काँग्रेस महाधिवेशन सर्न सक्ने सम्भावना पनि बढेको छ । यसको संकेत प्रवक्ता विश्वप्रकाश शर्माले गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot